माओवादी पदाधिकारी बैठक खुमलटारमा जारी

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १२ : २२
माओवादी पदाधिकारी बैठक खुमलटारमा जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे आवश्यक निर्णय लिन बैठक बसेको हो ।

काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारी बैठकमा सहभागी छन्। उमेरहद विवादका कारण अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएपछि पार्टीले निकास दिने गरी आवश्यक निर्णय गर्न लागेको हो । 

असोज १० गतेदेखि १४ गतेसम्म २३ औँ राष्ट्रिय सम्मेलन राखिएको भए पनि प्रस्तावित मस्यौदा विधान अनुमोदन अघि उमेरहद लगाउने–नलगाउने विषयमा विवाद उत्पन्न भएपछि नेतृत्व छनोट प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

 

प्रतिक्रिया दिनुहोस