भारतीय अभिनेता रजनीकान्त अस्पताल भर्ना

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, ०९ : ४९
भारतीय अभिनेता रजनीकान्त अस्पताल भर्ना

काठमाडौं । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् ।

उनलाई गएराती चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पेटको दुखाइ बढेपछि रजनीकान्तलाई अस्पताल भर्ना गरिएको बताइएको छ । केही भारतीय सञ्चारमाध्यमले भने रजनीकान्तको मुटु सम्बन्धि समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् ।

पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य अवस्था पटक–पटक बिग्रिँदै आएको थियो । उनको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस