‘बेहुली फ्रम मेघौली’ अमेरिकामा पनि प्रदर्शन हुने

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, १२ : २०
‘बेहुली फ्रम मेघौली’ अमेरिकामा पनि प्रदर्शन हुने

काठमाडौँ । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । फिल्मको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनीले लिएको हो ।

फिल्म दसैँको घटस्थापनाबाटै अमेरिकाको डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्को लगायतका सहरमा प्रदर्शन हुनेछ । फिल्मको अस्ट्रेलिया, युरोप र मध्यपूर्वका देशहरूमा प्रदर्शन अधिकारका लागि कुरा भइरहेको निर्माण युनिटले जनाएको छ । 

फिल्ममा निश्चल र स्वस्तिमाको अलवा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । उनीहरुको यो  डेव्यु फिल्म हो । फिल्मको निर्माण पनि स्वस्तिमा र निश्चलले मिलेर गरेका हुन् । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे रहेका छन् ।

फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन छ ।  फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गर्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस