काठमाडौं। लागुऔषध बिक्री वितरण तथा ओसारपसारको आरोपमा पक्राउ परेका ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले बुधबार उनलाई छाड्न आदेश दिएसँगै उनी ७५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
श्रेष्ठले सञ्चालन गरेको औषधि पसलबाट चिकित्सकको प्रेसक्रिप्सनबिना मनोद्विपक पदार्थ बिक्री गरेको आरोप लागेको थियो । श्रेष्ठलाई कास्की प्रहरीले गत भदौ २७ गते पक्राउ गरेको थियो ।
प्रकाश थापामगर नाम गरेका व्यक्ति टुप्याइन ट्याबलेटसहित पक्राउ परेपछि उनकै बयानबाट श्रेष्ठ पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाका अनुसार बयान सकाएर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मिसिल बुझाएपछि श्रेष्ठ अदालतको आदेशमा छुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १३ : १७
लेखकबाट थप