फिल्ममा डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, १० : ५१
फिल्ममा डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

काठमाडौँ । ‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गर्ने भएकी छन् । सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्म ‘रङ्गी’ मा उनी अभिनेत्रीको रूपमा अनुबन्धित भएकी  हुन् । फिल्मका प्रस्तुतकर्ता सलोन बस्नेतले फिल्ममा नम्रता अनुबन्धित भएको जानकारी दिए ।

नम्रताले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् । ‘मैले ‘रङ्गी’को स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ, म युवावस्थाको छु, तर मेरो नेचर बच्चाको जस्तो छ ।

ऊ बच्चाको लागि एउटा आमा जस्तो भूमिका गर्नुपर्ने भएकाले पनि काम गर्न मन लाग्यो’, उनले भनिन् ।नम्रताले यसअघि आफूलाई एक वेब सिरिजको लागि अफर आए पनि आफ्नो भूमिका चुनौतीपूर्ण र विवादास्पद लागेकाले अभिनय नगरेको खुलाइन् ।फिल्म सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन् । 

फिल्मको केही अगाडि टाइटल पोस्टर सार्वजनिक भएको थियो । जसमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको थियो । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्म सौरभ लामाले खिच्नेछन् । 

प्रतिक्रिया दिनुहोस