काठमाडौँ । संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूत चन्द्र कुमार घिमिरेले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गरेका छन् ।
बिहीबार बसेको समितिको बैठकमा उनले आफ्नो कार्ययोजनामा देशको हितलाई सर्वोपरि राखी संयुक्त अधिराज्यसँगको नेपालको ऐतिहासिक सुसम्बन्ध, उक्त राष्ट्र समुन्नत आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र सुदृढ शासकीय क्षमता र ती क्षमतासँग नेपाल र नेपालीको समुन्नतिका लागि पर्याप्त क्षमताहरू रहेको उल्लेख गर्दै त्यसका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफू राजदूत भएमा श्रम बजारको खोजी गर्ने, पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने, जलवायुसम्बन्धी मुद्दामा नेपालको पक्षमा पैरवी गर्नेलगायत उनको उनको कार्ययोजना छ ।
पूर्णपाठ :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १४ : १३
लेखकबाट थप