उपराष्ट्रपति यादवले गरे पलेशालाई सम्मान

सफल खबर संवाददाता

सोमबार, २४ भदौ २०८१, १६ : ०७
उपराष्ट्रपति यादवले गरे पलेशालाई सम्मान

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेरिस पारा ओलम्पिकमामा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । सोमबार उपराष्ट्रपति कार्यालयमा पलेशालाई सम्मान गरिएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ । 

पलेशाले नेपालका लागि पहिलोपटक कांस्य पदक जितेकी हुन् ।  ‘पलेशाले देशको नाम उच्च राख्नु भएकोमा सम्पूर्ण नेपाली खुसी छौँ’ उपराष्ट्रपति यादवले भने, ‘पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ ।’ 

उपराष्ट्रपति यादवले पलेशाको यो ऐतिहासिक सफलता उनको अथक परिश्रम, दृढ संकल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस