तेस्रो कलिङ साहित्य महोत्सव आजबाट सुरु

सफल खबर संवाददाता

शनिबार, २२ भदौ २०८१, १४ : ३४
तेस्रो कलिङ साहित्य महोत्सव आजबाट सुरु

काठमाडौँ । ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ को तेस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सव भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन श्री प्रसन्न श्रीवास्तव, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, लेखक भुवन ढुङ्गानालगायत व्यक्तित्वहरूको आतिथ्यमा उद्घाटन गरिएको हो।

कलिङ साहित्यिक महोत्सवका संस्थापक निर्देशक रश्मि रञ्जन परिदाले  ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ नेपाल र भारतबिचको सांस्कृतिक आदानप्रदान गर्ने साझा थलो भएको बताए ।  नेपाल र भारत कुन समयदेखि सुरु भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए। धेरै चुनौतीलाई पार गरेर यो महोत्सव बनाउँदा पाउँदा खुसी लागेको महोत्सवकी संस्थापक तथा निर्देशक रञ्जना निरौलाले बताइन्।

आज हामी देश विदेशका विभिन्न ठाउँबाट साहित्यप्रति एकजुट हुँदै साहित्य महोत्सव बनाउन भेला भएका छौँ। यो महोत्सव सर्जकहरूको मात्र भेला नभई विचार, अभिव्यक्ति र अनुभूति, मार्गदर्शन, मनोरञ्जन र ज्ञानको जीवन्त संगम हो,’ उनले भनिन्।

महोत्सवको मुख्य उद्देश्य नेपालको भाषा, साहित्य र कलालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले यो महोत्सव सुरु गरिएको उनको भनाइ छ। कुलपति भूपाल राई यस महोत्सवले सांस्कृतिक अन्तर्क्रियाको माध्यमबाट देश विदेशमा रहेका मानिसहरूलाई जोड्ने बताए । 

उनले भने, ‘यो फेस्टिभल सम्पूर्ण सांस्कृतिक गतिविधि र अन्तर्क्रियाले मानवसहित संसारलाई जोड्ने कसरतको आयाम हो। कलिङले साउथ एसियाली देशलाई जोडिरहेको छ। सांस्कृतिक आदानप्रदानले नै सुदूरका मान्छेहरूलाई जोड्छ।’ 

डेप्युटी चिफ अफ मिसन श्रीवास्तवले पनि नेपाल र भारतबिचको सम्बन्धलाई मजबुत बनाउन यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। 

‘संस्कृतिले धनी सिटी काठमाडौँमा भारतको प्रतिष्ठित महोत्सव तीन वर्षदेखि भइरहेको छ। भारत र नेपालबिच पुरानो सम्बन्ध छ। यहाँको सम्पदाको भारतसँग गहिरो सम्बन्ध छ। नेपालको कला, साहित्य, संस्कृतिलाई एसियन देशमा फैलाउने फेस्टिभलको मुख्य उद्देश्य हो।

नेपाल र भारतबिचको विचार आदानप्रदान गरी बनाउनु पनि हो’ उनले भने। काठमाडौँ–कलिङ साहित्यिक महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सवको आयोजनामा भएको हो।

प्रतिक्रिया दिनुहोस