अनेरास्ववियूको तीज विशेष फुटसल : माओवादीसँग एमालेका महिला नेतृको समूह पराजित

सफल खबर संवाददाता

विहीबार, २० भदौ २०८१, ०९ : ३७
अनेरास्ववियूको तीज विशेष फुटसल : माओवादीसँग एमालेका महिला नेतृको समूह पराजित

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले तीज पर्वको अवसरमा ‘तीज विशेष मैत्रीपूर्ण फुटसल’ प्रतियोगिता आयोजना गरेको छ।

विभिन्न राजनीतिक दल निकट महिला नेतृहरु सहभागी प्रतियोगितामा चारवटा समूहको सहभागिता थियो ।काठमाडौँको भृकुटिमण्डपस्थित फोनपार्क फुटसल ग्राउण्डमा बुधबार भएको उक्त प्रतियोगि

तामा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य सत्या पहाडी नेतृत्वको समूह पहिलो भएको छ भने नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिना नेतृत्वको समूह दोस्रो भएको अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामाले जानकारी दिइन्। 

कार्यक्रम एकीकृत समाजवादीकी उपमहासचिव गरिमा शाह प्रमुख अतिथि थिइन्। 

कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य अशेष घिमिरे र गौतम राइ, केन्द्रीय सदस्य हिरेन्द्र शाही, केशरी रेग्मी, डा.सीता ढुंगाना, एसिड पीडित मुस्कान खातुन र कलाकार जमुना सोनाम लगायत उपस्थित थिए। 

तीजलाई रचनात्मक बनाउने उद्देश्इले प्रतियोगिता आयोजना गरिएको एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी अध्यक्ष लामाले बताइन्। कार्यक्रममा नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी प्रेस संगठनलगायतका विद्यार्थी संगठनका नेता कार्यकर्ताको पनि उपस्थिति थियो। 

प्रतिक्रिया दिनुहोस