काठमाडौँ । बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ ।
सिरिजको दोस्रो टेस्टको पाँचौं दिन मंगलबार बंगलादेशले ६ विकेटले जित हासिल गर्दै सिरिज २-० ले क्लीन स्वीप गरेको हो । पाकिस्तानले दिएको १८५ रनको लक्ष्य पछाएको बंगलादेशले ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस टेस्टको पहिलो इनिंगमा पाकिस्तानले २७४ रन बनाएको थियो भने बंगलादेशले आफ्नो पहिलो इनिंगमा २६२ रन बनाएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिंगमा १७२ रन बनाएर अल आउट भएपछि बंगलादेशले १८५ रनको लक्ष्य पाएको थियो ।
यस अघि बंगलादेशले पाकिस्तानविरुद्ध पहिलो पटक टेस्ट खेल जितेको थियो । बंगलादेशले सिरिजको पहिलो टेस्ट १० विकेटले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अराजकताले सीमा नाघ्यो, देशको सार्वभौमसत्ता र स्वतन्त्र खतरामा छ : बंगलादेश सेना
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो
बंगलादेशमा एक वर्षभित्र निर्वाचन हुने
हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह गर्ने
नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू