महिला सशक्तिकरणमा सरकारले जोड दिएको छ : मन्त्री सुडी

सफल खबर संवाददाता

मंगलबार, १८ भदौ २०८१, ११ : ३५
महिला सशक्तिकरणमा सरकारले जोड दिएको छ : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले महिला सशक्तिकरणमा सरकारले जोड दिएको बताएका छन । मंगलवार काठमाडौंमा लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उनले यस्तो बताए । उनले मन्त्रालयको प्रमुख एजेण्डा भनेकै महिलाको अधिकार, जीवनशैलीको विकास र महिलालाई कसरी उच्चस्तरमा पुर्‍याउने भन्ने रहेको बताए । २१ औं शताब्दी महिलाको शताब्दी रहेको भन्दै पितृ सत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको उल्लेख गरे । २१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था नरहेको बताए ।

उनले भने, ‘महिला सशक्तिकरणमा जोड छ । हाम्रो मन्त्रालयको नाउँ नै हो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक । अनि हाम्रो प्रमुख एजेण्डा महिलाको अधिकारको, महिलाको जीवनशैलीको, महिलाको उच्चस्तरमा कसरी पुर्‍याउने रु भन्ने नै हो । यो २१ औं शताब्दी महिलाको शताब्दी हो । पितृ सत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको छ । २१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था छैन ।’ 

राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लागि पर्ने बताए । उनले पुरुष बराबरको अवस्थामा महिलाको उपस्थिति ल्याउने आफूहरुको प्रमुख दायित्व रहेको बताए । महिलालाई पछि पारेर पुरुष अघि बढ्न नसक्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस