काठमाडौँ । गृह मन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सरकारको १०० दिनभित्र संसदमा दर्ता गर्ने बताएका छन् ।
विधेयकको मस्यौदामाथि छलफलका क्रममा गृह मन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ कान”नलाई आफूले प्राथमिकतामा राखेको बताए ।
सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आयोजित छलफलमा उनले भने, ‘सय दिनभित्र गर्ने काममा मैले सम्माननीय प्रधानमन्त्रीजीसँग गर्ने कार्य सम्झौताको एक नम्बरमा यी काम राखिएका छन् ।’
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कानूनमा प्रष्टता नहुँदा ३० वर्षे सेवा अवधिको मुद्दा अदालतमा पुगेको भन्दै उनले सरकार र सुरक्षा निकायबीच कानून विवाद देखिएको बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सम्बन्धी ऐन, कानून, नियमहरूमा अस्पष्टताले सरकार र संगठन दुबैलाई फाइदा नहुने गृह मन्त्री लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ भदौ २०८१, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक
सीमामा पर्यटकको जाँच एकद्वार प्रणालीबाट हुन्छ : गृहमन्त्री लेखक
भूकम्पका विरुद्ध राजनीति नगरौँ : गृहमन्त्री लेखक
भूकम्प प्रभावितहरूका लागि आवास निमार्ण कार्य अगाडी बढाइएको छ : गृहमन्त्री लेखक
पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छः गृहमन्त्री लेखक
रिंकु घटनामा दोषीलाई कडा कारबाही हुन्छ : गृहमन्त्री लेखक