बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्ने मन्त्री दाहालको चेतावनी

सफल खबर संवाददाता

सोमबार, १७ भदौ २०८१, १३ : ३०
बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्ने मन्त्री दाहालको चेतावनी

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल नारायणगढ सडकको काम थपिएको समयमा पनि सम्पन्न नभए निर्माण कम्पनीसँग ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले सडक क्रोनिक हुने अवस्थामा पुगेको बताउँदै थपिएको एक वर्षको म्यादभित्र काम सक्न निर्देशन दिए । मन्त्री दाहालले समयमै काम सम्पन्न गर्नका लागि अधिकतम सहजीकरण गर्ने र काम सम्पन्न नभए ठेक्का तोड्न बाध्य हुने बताए ।

मन्त्री दाहालले देशकै लाइफलाइन मानिएको सडकमा जनताले धेरै नै दुःख पाएको भन्दै बर्खालगत्तै कामको गति तीव्र बनाउन निर्माण कम्पनीलाई भनिएको बताए । बुटवल नारायणगढ सडकखण्डको अवलोकन गरेका मन्त्री दाहालले निर्माण कम्पनीका उच्च अधिकारीसँग पनि सरकार निरन्तर सम्पर्कमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस