चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष डीसीद्वारा पदभार ग्रहण

सफल खबर संवाददाता

सोमबार, १७ भदौ २०८१, ११ : ३९
चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष डीसीद्वारा पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले सोमबार पदभार ग्रहण गरेका छन् । 

उनले आइतबार सञ्चारमन्त्रीबाट नियुक्ति पत्र लिएसँगै सोमबार बोर्डको कार्यालयमा विधिवत भदभार ग्रहण गरेर काम थालेका हुन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस