कांग्रेस नेताको प्रस्ताव– भ्रष्टाचार काण्डको छानबिन गर्न शक्तिशाली न्यायिक आयोग गठन गरौं

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, १४ : ३४
कांग्रेस नेताको प्रस्ताव– भ्रष्टाचार काण्डको छानबिन गर्न शक्तिशाली न्यायिक आयोग गठन गरौं

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले चर्चित भ्रष्टाचार काण्डको छानबिन गर्न प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्न माग गरेका छन् । भ्रष्टाचार काण्डको छानबिन गर्दा  जनतामा रहेको निराशा कम हुने उनले दाबी गरे । 

बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा नेता केसीले भ्रष्टाचार काण्डको उच्चस्तरीय आयोगबाट छानबिन गर्नु अहिलेको आवश्यकता रहेको बताएका हुन् । ‘यो, उ नभनौं, संसदमा उठेका सबै चर्चित भ्रष्टाचार काण्डको राष्ट्रिय रुपमा छानबिनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन होस् ।

सत्ता या प्रतिपक्षले चिनेको नभइ निष्पक्ष काम गर्ने आयोग बनाऔं, यो राष्ट्रिय आवश्यकता हो ।’नेता केसीले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्यादबाट पछि हट्न नसके विधेयक नै फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘पाँच वर्षे हदम्याद फिर्ता नगर्ने हो भने विधेयक तत्काल फिर्ता गरियोस्,’ उनले भने, ‘यदि सरकार सुशासनको पक्षमा छ भने यो गर्न आवश्यक छ ।

यदि त्यसको रक्षा गर्नुछ भने सदनलाई विवेकको मत दिने व्यवस्था गरियोस् । नेताविरुद्ध नाराबाजी गरेकालाई थुन्नु समाधान नभएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस