काठमाडौँ । मोदी खोला जलविद्युत आयोजनाले हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । हाल ऋणमा रहेको कम्पनीले सोही ऋण चुक्ता (भुक्तानी) गर्नका लागि हकप्रद सेयर जारी गर्न लागेको हो ।
साउन ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ऋण चुक्ताका लागि कम्पनीको कायम चुक्ता पुँजीको १ः १ (एक सेयर बराबर एक नयाँ सेयर) को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
तथापि, नियामक विद्युत् नियमन आयोगको स्वीकृति पश्चात् मात्र कम्पनीले हकप्रद सेयर जारी गर्न पाउँछ । हकप्रदका लागि आयोगमा प्रस्ताव गर्ने र स्वीकृति पश्चात् आगामी वार्षिक साधारण सभामा पेस गरेर जाने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सैद्धान्तिक सहमति