कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०८१, १० : ०१
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा बुधबार प्रस्तुत ११ वटा विभिन्न प्रस्तावहरूमाथि केन्द्रीय सदस्य, पार्टी प्रदेश प्रमुखहरूले आफ्ना धारणा राख्नेछन् । साथै समसामयिक राजनीतिक विषयहरूमा पनि नेताहरूले आफ्ना धारणा राख्नेछन् । बैठक साउन २८ गतेसम्म सञ्चालन हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् । 

बैठकमा बुधवार प्रस्तावहरू प्रस्तुत भएका थिए भने बिहीबारको बैठकमा प्रदेश प्रमुख र केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए । आज पनि नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । 

प्रतिक्रिया दिनुहोस