कार्यभार बुझबुझारथ गरी बिदामा बसे प्रधान सेनापति शर्मा

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १८ : ५९
कार्यभार बुझबुझारथ गरी बिदामा बसे प्रधान सेनापति शर्मा

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा बिदामा बसेका छन्।

बिहीबार जंगी अड्डामा आयोजित एक समारोहबीच प्रधान सेनापति शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन्।

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुने गरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस