कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, ०७ : ३९
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । 

दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरु बैठकका मुख्य एजेण्डा रहेका छन् । 

बैठकले महासमिति बैठकबाट पारित नीति, सांग्ठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस