माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, ०८ : ३४
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । 

आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस