विपद्का घटनाका विषयमा सरकार गम्भीर बनोस् : सांसद श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, १४ : ५६
विपद्का घटनाका विषयमा सरकार गम्भीर बनोस् : सांसद श्रेष्ठ

काठमाडौँ । पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले विपद् घटनालाई लिएर राज्यले वृहत् रूपमा सोच्न आग्रह गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले गए रातिको अविरल वर्षाका कारण नागार्जुन वडा नं ४ बाढीका कारण बासिन्दाहरू समस्यामा परेको भन्दै सरकारलाई उचित संरक्षणको माग गरे ।

उनले भने,‘हिजो रातिको अविरल वर्षाका कारण नागार्जुन वडा नं ४ मा जनताहरू पीडित भएका छन् । त्यहाँ राम्रोसँग काम भएको भए बाढी बस्तीमा पस्ने थिएन । विपद्को लागि राज्यले अलि वृहत् रूपमा सोच्ने बेला भएको छ ।

खाली सानोतिनो राजनीतिक मुद्दाहरूमा होइन अरू विषयमा राष्ट्रिय सहमति हुनुपर्छ । तत्काल सहरी विकास मन्त्रालयलगायतको सरकारी टोलीबाट उचित संरक्षण होस भन्ने माग गर्दछु ।’ 

प्रतिक्रिया दिनुहोस