विपक्षमा मतदान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउने माओवादीको निर्णय

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, १३ : १५
विपक्षमा मतदान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद्‌मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले आइतबार प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘आज प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्छौ र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौ’,पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस