रुकुम पश्चिममा बाढीले घर बगायो, तीन जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, ०७ : १७
रुकुम पश्चिममा बाढीले घर बगायो, तीन जनाको मृत्यु

रुकुम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीनको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । यस्तै एक जना बेपत्ता छन् । 

गएराति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाएको हो । मृतक ति जनै बालबालिका हुन् ।  

 आठविसकोट नगरपालिका प्रमुख रबी केसीका अनुसार मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की छन् ।  घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएको उनले बताए । 

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस