त्रिपुरामा ‘मब लिन्चिङ’मा आदिवासी विद्यार्थीको मृत्युपछि साम्प्रदायिक तनाव, इन्टरनेट बन्द

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, ११ : १३
त्रिपुरामा ‘मब लिन्चिङ’मा आदिवासी विद्यार्थीको मृत्युपछि साम्प्रदायिक तनाव, इन्टरनेट बन्द

त्रिपुरा । भारतको त्रिपुरा राज्यको गण्डतविसामा कथित रूपमा भीडको कुटपिटबाट आदिवासी विद्यार्थीको मृत्यु भएपछि साम्प्रदायिक तनावको स्थिति सिर्जना भएको छ। तनाव बढेपछि त्यहाँ धेरै घर र पसलमा आगजनी भएको छ । यस क्षेत्रमा धारा १४४ लगाइएको छ।  यो क्षेत्र राज्यको धलाई जिल्लामा पर्छ।

यहाँ ५ दिनअघि मब लिन्चिङमा घाइते भएका आदिवासी विद्यार्थी परमेश्वर रेआङको मृत्यु भएको थियो । प्रशासनले शान्ति कायम राख्न २४ घण्टा इन्टरनेट सेवामा पनि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस