पहिरोका कारण पछिल्लो २४ घण्टामा चितवनमा एकसहित १४ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २८ असार २०८१, १४ : ३५
पहिरोका कारण पछिल्लो २४ घण्टामा चितवनमा एकसहित १४ जनाको मृत्यु

काठमाडौँ। विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो ।

छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीवारदेखि शुक्रवार दिउँसोसम्मबाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १४ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए ।

उनले भने, ‘हिजोदेखि आजसम्म पहिरोबाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १४ जनको मृत्यु भएको जानकारी प्राप्त भएको छ । काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस सिमलटारी भन्ने ठाउँमा दुर्घटना भएको छ ।’

साथै काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेकाहरुको बारेमा खोजि जारी रहेको बताए । उनले बसमा कति सवारी थिए भन्ने यकिन तथ्यांक नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस