सिमलताल पहिरो : बेपत्ता गणपति डिलक्सका ३१ जना यात्रु मध्ये ३ जना सकुशल

सफल खबर संवाददाता

शुक्रबार, २८ असार २०८१, ०९ : ४८
सिमलताल पहिरो :  बेपत्ता गणपति डिलक्सका ३१ जना यात्रु मध्ये ३ जना सकुशल

रौतहट । काठमाडौँबाट गौर तर्फ आउने क्रममा आज बिहान मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालको पहिरोमा परेर बेपता भएको गणपति डिलक्स बसमा सवार २८ जना यात्रु बेपता भएको खुलेको छ।

बसमा रहेका ३१ यात्रु मध्ये ३ जनाले भने हामफालेर ज्यान जोगाएका थिए। 

बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही नगरपालिका करुनियाका २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीन जनाले हामफालेर ज्यान जोगाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।  

उनीहरूलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ । उनीहरू तीनै जना सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस