काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।
मंगलवार पनि बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि बुधवार हेर्दाहेर्दैमा राखिएको हो । रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेको बताइएको छ ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८१, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलुन विस्फोट घटना: प्रजिअ पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार : गृहमन्त्री लेखक
कानून र नीतिगत सुधारलाई प्राथमिकता दिएर काम गरेका छौं : गृहमन्त्री लेखक
गृहमन्त्रीलाई कारवाही माग गर्दै काँग्रेस कार्यालयमा दलित अधिकारकर्मीले गरे प्रदर्शन
पाथीभरा केबलकार विवादबारे कांग्रेस कोशीका १४ जिल्ला सभापतिसँग गृहमन्त्रीको छलफल
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन