डोटीमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १५ असार २०८१, १४ : २१
डोटीमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

डोटी। डोटीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।​​​​सायल गाउँपालिका– ४ डौडमा भएको दुर्घटनामा कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।​​

गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्‍याएर  फर्किँदै गर्दा से २ त १७६० नम्बरको  ट्याक्टर दुर्घटनामा परेको थियो ।​उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।