रामेछापबाट काठमाडौँ आउँदै गरेको बस तामाकोसीमा दुर्घटना

सफल खबर संवाददाता

शुक्रबार, १४ असार २०८१, ०९ : ३३
रामेछापबाट काठमाडौँ आउँदै गरेको बस तामाकोसीमा दुर्घटना

काठमाडौँ । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। 

लिखु तामाकोसी गाउँपालिका- ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा सब दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

बसमा सबार २५ जनामध्ये पाँच जना घाइते भएको प्रारम्भिक सूचना आएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।’ 

प्रतिक्रिया दिनुहोस