भेरी करिडोरको रिम्ना सडकमा पहिरो, यातायात ठप्प

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, ११ : १३
भेरी करिडोरको रिम्ना सडकमा पहिरो, यातायात ठप्प

काठमाडौं। भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ ।आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । निरन्तरको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजनाका प्रमुख सुनिल रञ्जितकारले बताए ।

अहिले पहिरो हटाउने काम भइरहेको छ ।सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् । 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस