तनहुँमा बस दुर्घटना, ६ जना घाइते

सफल खबर संवाददाता

शनिबार, ०८ असार २०८१, ११ : ५४
तनहुँमा बस दुर्घटना, ६ जना घाइते

काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको बस शनिबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । 

प्रहरीका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख  ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो । 

दुर्घटनामा घाइतेमध्ये आबुखैरेनी अस्पतालमा कास्कीका सुनिता गुरुङ, रेशम सुनुवार, संगिता तिवारी, संदिप तिवारीका साथै धादिङका सुरक्षा कडेल  रटेकनाथ कडेलको उपचार भइरहेको छ ।