चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनमा ३ प्रतिशत बजेट विनियोजन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०७ असार २०८१, १५ : ११
चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनमा ३ प्रतिशत बजेट विनियोजन गर्ने

काठमाडौं। चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कुल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ ।सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका भएको बताइएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)को आर्थिक एवं प्राविधिक सहयोगमा फेम्ली हेल्थ इन्टरनेशनल ३६० (एफएचआई)का साझेदारीमा चन्द्रागिरि नगरपालिकाले स्वच्छ हावा परियोजना कार्यान्वयन गरिराखेको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नेपाल भ्रमणमा रहेका ‘एफएचआई ३६०’ का प्रमुख वित्त अधिकृत रसिका पद्मापेरुमासँग आज नगरपालिकामा भएको द्विपक्षीय भेटवार्तामा नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कुल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएको जानकारी दिए ।

उनले स्वच्छ हावा प्रवर्द्धन, वातावरण व्यवस्थापन तथा वायु प्रदूषण न्यूनीकरण नगरपालिकाले लिएको नीति तथा कार्यक्रम एवं गतिविधिका बारेमा जानकारी दिँदै जलवायु अनुकूलन नीतिलाई प्राथमिकता दिएको बताए ।

 

 

 

 

 

 

 

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले स्वच्छ हावामार्फत नगरवासीको जीवन सुधारका लागि शिक्षा, स्वास्थ्य तथा वातावरण व्यवस्थापन नगरपालिकाबाट भइराखेका प्रयासका बारेमा जानकारी दिए ।

उनले भने, 'वायु प्रदूषण रोकथाम र न्यूनीकरण लागि प्रमाणका आधारित नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन भइरहेको छ । वायु प्रदूषणको समस्या समाधान तथा स्वच्छ हावा प्रवर्द्धनमा नगरवासी चेतना विस्तारै वृद्धि हुँदै गएको छ । जलवायु परिवर्तनका असरबाट आर्थिक एवं सामाजिक जीवनमा पार्ने असर कम गर्न हाम्रा नीति तथा कार्यक्रम केन्द्रित छन् ।'

प्रतिक्रिया दिनुहोस