विराटनगर । माओवादी केन्द्र निकट याेङ कम्युनिस्ट लिग (वाईसीएल)ले माेरङकाे कटहरी चोकमा स्वास्थ्य शिविर आयोजना गरेको छ । वाईसीएल कटहरी गाउँ कमिटीको आयोजनामा भएको शिविरमा ६० भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् ।
शनिबार बिहान ८:०० बजेदेखि ११:३० बजेसम्म सञ्चालन भएको शिविरमा सिफा पाेलिक्लिनिक एण्ड डाईग्नाेष्टिक सेन्टर विराटनगरले प्राविधिक सहयोग गरेको वाईसीएल कटहरीका सहसचिव आर्यन स्वर्णकारले जानकारी दिए । शिविरमा सुगर, थाईराईड, प्रेसरलगायत जाँच भएको थियो ।
शिविरमा स्वास्थ्य जाँच गर्दा कुनै रोग देखिएमा अवस्था अनुसार निःशुल्क औषधि उपलब्ध गराउने उनले बताए ।स्वास्थ्य शिविरमा वाईसिएल मोरङ इन्चार्ज दीपक आलेमगर, अध्यक्ष याेगेन निङ्लेकु, सचिव मोहम्मद रेहान, वाईसीएल जिल्ला सदस्य तथा कटहरी ३ वडाध्यक्ष दिपेश कामत, वाईसीएल जिल्ला सदस्य अवधेश राय, कटहरी अध्यक्ष निराजन राय, सचिव शेक कविर अलिका साथै वाईसीएल कटहरी गाउँ कमिटीका सदस्यहरूको उपस्थिति थियो ।
शिविरलाई स्थानीय समाजसेवी सीता साह र अम्बिका साहले सहयोग गरेका थिए । मधेस आन्दोलनका क्रममा सहिद भएका निर्मल राजवंशी र राजकुमार कामतको सालिकमा माल्यार्पण गरेर शिविर सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८१, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रघुगंगामा निःशुल्क स्वास्थ्य शिविरबाट १ हजारभन्दा बढी लाभान्वित