हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट ल्याउँदै छ।
`शनिबार (आज) अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।
आगामी आर्थिक वर्षका लागि पनि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याइने अर्थमन्त्री थपलियाले जानकारी दिए। चालु आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको थियो।
जनताको आवश्यकता, राष्ट्रिय अन्ताराष्ट्रिय आर्थिक मन्दी र प्रदेशको क्षमतालाई ख्याल गरेर सन्तुलित बजेट ल्याउने अर्थमन्त्री थपलियाले बताए। प्रदेश सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असार २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शक्तिशाली सरकार बजेट खर्चमा चुक्यो, कुल बजेटको आधा पनि खर्च भएन
अर्थ मन्त्रालयद्वारा नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत
ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’
गोरखाका स्थानीय तहमा ७ अर्बको बजेट, छैन आन्तरिक आम्दानी