सरकारी अस्पतालको लाइन सास्ती अन्त्य गर्न एमाले सचेतक बरालको ध्यानाकर्षण

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, १२ : ०२
सरकारी अस्पतालको लाइन सास्ती अन्त्य गर्न एमाले सचेतक बरालको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा सर्वसाधारण जनताका लागि जटिल र अपमानजनक बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको विहीवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद बरालले विहान ९ बजे लाइनमा बसेको एउटा विरामी वा उसको आफन्तले साँझ ५ बजेसम्म लाइनमै बस्नुपर्ने प्रणालीको अन्त्य गर्न आग्रह गरेकी हुन् ।

सांसद बरालले ठूला सरकारी अस्पतालमा काउन्टर थपेर भने पनि स्वास्थ्य उपचार सेवा सहज बनाउन सुझाव दिइन् । उनले टिकट काट्न लाइन,रिपोर्ट लिन लाइन अिन डाक्टरलाई रिपोर्ट देखाउन पनि लाइन बस्नुपर्ने प्रणालीलाई सहज बनाउन आग्रह गरेकी हुन् ।

स्वास्थ्य विमा गर्ने नागरिकलाई दोस्रो दर्जाको व्यवहार भइरहेको भन्दै उनले संवेदनशील क्षेत्रको सेवा सहज बनाउन सरकारले तत्काली ठोस कदम चाल्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस