छैटौँ पटक मन्त्री बन्दै मनाङे, देवकोटाको पनि आजै शपथ

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १० : ५२
छैटौँ पटक मन्त्री बन्दै मनाङे, देवकोटाको पनि आजै शपथ

पोखरा । गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे छैटौंपटक मन्त्री बन्दै छन् । सत्ताको अङ्कगणितमा सधैँ निर्णायक बनेका मनाङेले पुनः भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउँदै छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएसँगै सरकार विस्तारमा लागेका हुन् । आज मनाङेसँगै नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले पनि शपथ लिने भएका छन् । उनले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने सम्भावना छ ।

फडिन्द्रले माओवादी संसदीय दलको ह्विप नाघेर पाण्डेको पक्षमा मत दिएका थिए । पाण्डेले कांग्रेसको २७, राप्रपाको २, स्वतन्त्रको १ र नेसपाको १ सहित ३१ मत पाएका हुन्। सरकारलाई समर्थन गरेको दल राप्रपा केही समयपछि मात्रै सरकारमा जाने बताइएको छ ।नवनियुक्त मन्त्रीहरूको शपथ साढे ११ बजे हुँदै छ ।

प्रतिक्रिया दिनुहोस