मधेस प्रदेश : गठबन्धनले सरकारमा दाबी पेस गर्दै, आजै मुख्यमन्त्रीको शपथ

सफल खबर संवाददाता

शुक्रबार, २५ जेठ २०८१, ०७ : ००
मधेस प्रदेश : गठबन्धनले सरकारमा दाबी पेस गर्दै, आजै मुख्यमन्त्रीको शपथ

जनकपुर । मधेस प्रदेश नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ ।

बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो । 

एमाले–माओवादी गठबन्धनले आज बिहान ७ बजे जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाउने भएका छन् । नवनियुक्त मुख्यमन्त्रीलाई आजै बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुखको तयारी छ ।

प्रतिक्रिया दिनुहोस