सरकारलाई डा केसीको चेतावनी : फेरि अनसन बस्छु

विहीबार, ११ असोज २०७५, १४ : १४
सरकारलाई डा केसीको चेतावनी : फेरि अनसन बस्छु

फाइल फोटो

काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशन बसिसकेका डा गोविन्द केसीले सरकारले आफुसँग गरेका सम्झौता कार्यान्वयन नगरे पनः आन्दोलनमा बस्ने चेतावनि दिएका छन् । केसीले बुधबार प्रेस विज्ञप्ति जारी गरी संसद्को जारी अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए १६औं पटक अनशन बस्ने चेतावनी दिएका हुन् ।

संसद्को यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐन निर्माण गर्नेदेखि लिएर सबै सम्झौता कार्यान्वयन हुने भनिएकोमा संसद्को जारी अधिवेशनबाट पारित नगर्ने भएपछि उनले १६औं पटक अनशन बस्ने चेतावनी दिएका हुन् ।केसीले सुशासन कायम गराउनका लागि फेरी पनि आफु अनसन बस्न बाध्य हुने बताए ।

केसीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘संसद्को यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐन निर्माण गर्नेदेखि लिएर सबै सम्झौता कार्यान्वयन नभए नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेलाई जवाफदेही बनाउनेलगायत माग राखी १६ औं सत्याग्रह सुरु गर्न बाध्य हुनेछु।’उनले भनेका छन् सरकारले चिकित्सा शिक्षा विध्येकमा गरीव जनता र विधार्थी अनुकुल नभई माफिया अनुकुल निति ल्याएको भन्दै अझै पनि उक्त त्रुटि नसच्याईए आफु फेरी अनसन बस्ने उल्लेख गरेका छन् ।

सरकारले केसीको १५औं अनसनमा मूख्य रुपमा सहमति जनाएको त्रिविका उपकुलपति तीर्थ खाँनिया, रेक्टर सुधा त्रिपाटी र रजिष्ट्रार डिल्ली उप्रेती र कानुन संकायका डिन ताराप्रसाद सापकोटा लगायतलाई बर्खास्त गर्नेबारेमा उक्त विषयमा हालसम्म सरकार उदासिन देखिन्छ ।

प्रतिक्रिया दिनुहोस