अर्थतन्त्रको विकासका लागि नीतिगत स्थिरता आवश्यक छ : डा. अन्जान शाक्य

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १५ : ५७
अर्थतन्त्रको विकासका लागि नीतिगत स्थिरता आवश्यक छ : डा. अन्जान शाक्य

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले अर्थतन्त्रको विकासका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताएकी छन् । नेपाल सरकारको आर्थिक वर्ष ०८१/०८२ का लागि तर्जुमा गरेको बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् ।

‘सरकार फेरिनु, मन्त्री वा सचिव फेरिनुबाट हचुवा किसिमले तारन्तार नियम/कानूनहरु फेरिनु हुँदैन’, शाक्यले भनिन्, ‘उद्योगी/व्यवसायीहरूका लागि विश्वसनीय र व्यावसायिक वातावरण बनाउन सकेको अवस्थामा मात्रै अर्थतन्त्र विस्तार गर्न सकिन्छ ।’

उनले देशमा रोजगारी बढाउन तथा उत्पादन बढाउन सरकारले निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए ।सदस्य शाक्यले प्रत्येक नेपालीलाई आफ्नो इतिहास, स्वाभिमान, संघर्ष, बलिदान, परिवर्तन र उपलब्धिलाई गौरवबोध गराउन विद्यालय शिक्षामा नैतिक शिक्षा राख्न आवश्यक रहेको पनि उल्लेख गरिन् ।

शाक्यले १६ औँ पञ्चवर्षीय योजनामा नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्ययबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाक्षां पूरा गर्ने लक्ष्य राखेको स्मरण पनि गराइन् ।

शाक्यले सार्वजनिक ओहदामा बस्ने पदाधिकारीहरूको देश र जनताप्रतिको जबाफदेहितामा संरचनागत सुधारको आवश्यकता रहेको पनि उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस