काठमाडौँ । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएईविरुद्धको खेलका लागि नेपालको टोली घोषणा भएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि न्युट्रल भेन्यु अर्थात् साउदी अरबमा खेल्न लागेको हो ।
नेपाल र युएईबीचको खेल ६ जुन अर्थात् यही जेठ २४ गते साउदीको दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ । खेल नेपाली समयानुसार राति ९स्४५ बाट सुरु हुनेछ।
नामावली :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली फुटबल टोली स्वदेश फिर्ता