पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेले नै अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन् : बालेन

सफल खबर संवाददाता

शुक्रबार, १८ जेठ २०८१, १२ : ००
पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेले नै अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन् : बालेन

काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् । सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुनःस्थापन गर्न दिएको २ दिनको अल्टिमेटम सकिँदै लाग्दा मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

‘सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्यूरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने, तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ रु’, उनको प्रश्न छ ।

दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा सडक विभागले बनाएको मापदण्ड हेर्न सुझाव दिँदै उनले त्यही मापदण्ड पालना गर्न फुटपाथ बढाएको जिकिर गरेका छन् ।

‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ्ग र अव्यवस्थित बनाउनेहरूसँग लिउँ’, उनले लेखेका छन् ।

सडक डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको न्यूरोड सडकमा फुटपाथ बढाउने हेतु महानगरले काम थालेको थियो । त्यहाँ रहेको पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ फैलाउने महानगरको योजना छ । केही दिनअघि महानगरले सडक काट्ने क्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकाय टकरावमा छन् । हेर्नुहोस् उनको फेसबुक स्टाटस्ः

 

 

प्रतिक्रिया दिनुहोस