काठमाडौं। सरकारले गाँजाको व्यावसायिक उत्पादनको लागि कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले औषधीय प्रयोजनको लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
‘औषधीय प्रयोजनको लागि गाँजालाई व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ,’ पुनले भने ।नेपालमा औषधीय वा कुनै पनि प्रयोजनको लागि अहिलेसम्म गाँजाको उत्पादन गर्न पाइँदैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १६ : ०१
लेखकबाट थप