काठमाडौं। बजेट पारित गर्न २ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।यस अघि १ बजे नै संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने तयारी थियो ।तर संसदीय छानबिन समिति गठनको तयारीका लागि समय लाग्ने भएपछि सरकारकै आग्रहमा बजेट प्रस्तुत गर्ने कार्यक्रम ३ तीन बजेलाई सारिएको हो ।
तर पारित गरेर मात्रै बजेट ल्याउने अभ्यास रहँदै आएकोले सिंहदरबारमा २ बजे मन्त्रिपरिषद्को बैठक राखिएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए ।
सहकारी प्रकरणमा छानबिन समिति गठन गर्नु अघि यसको कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक बसिरहेको छ ।कार्यादलले अन्तिम रुप दिएपछि आजै बजेट भाषणपछि प्रतिनिधि सभाको बैठकले सहकारी प्रकरणमा भएको रकम अपचलनको छानबिन गर्न संसदीय समिति गठन गर्दैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै
सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति
सामान्यसहित दर्जन बढी सचिवको सरुवा गर्ने सरकारको निर्णय
विशिष्ट संरचना सञ्चालन समितिको कार्यकारी निर्देशकमा सहसचिव शर्मा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
मन्त्रिपरिषद बैठक बस्दै