भट्टेडाँडामा सुख्खा पहिरो जाँदा ट्याक्टर र मोटरसाइकल पुरियो, दुई जना घाइते

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १२ : ३३
भट्टेडाँडामा सुख्खा पहिरो जाँदा ट्याक्टर र मोटरसाइकल पुरियो, दुई जना घाइते

काठमाडौँ । ललितपुरको भट्टेडाँडा स्थित खरिबासमा सुख्खा पहिरो खसेर ट्याक्टर र मोटरसाइकल पुरिएको छ । पहिरोमा परेर मोटरसाइकल चालक र पछाडि सवारी दुई जना घाइते भएका छन् । घाइतेहरूको पहिचान खुलेको छैन ।

कान्ति राजपथ स्थित पहिरो गएको ठाउँमा बाटो अवरुद्ध भएको छ । स्काभेटरको मद्दतबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नरेश सुवेदीले बताए ।

पहिरो जाँदा मकवानपुरबाट चापागाउँतर्फ आउँदै गरेको स।१ च ७३१८ नम्बरको ट्याक्टर र चापागाउँबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश–२–०३–००४ प ५६६१ नम्बरको मोटरसाइकल पुरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस