बजेट स्वीकृत गर्न ११ बजे मन्त्रिपरिषद् बैठक

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, ०९ : ३९
बजेट स्वीकृत गर्न ११ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौँ । अहिले केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । 

आजको बैठकमा आर्थिक वर्ष २०८१-०८२ को बजेट स्वीकृत गर्नेबाहेक अन्य एजेन्डा नरहेको बताइएको छ । मंगलबार दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट वाचन गर्दै छन् । 

अर्थमन्त्रीले सांसदमार्फत सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट प्रस्तुत सम्बन्धी प्रस्ताव स्वीकृत गराउनुपर्छ । अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्नेछन् ।

बजेटको आकार र आफूले दिएका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा जानकारी गराएपछि प्रस्ताव स्वीकृत गर्ने चलन रही आएको छ ।

प्रतिक्रिया दिनुहोस