काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर आइतबार हुने भएको छ। सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार (जेठ ६ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो।
यसका साथै त्यसदिन लगानी सम्मेलनसँग सम्बन्धित अध्यादेश स्वीकृत गर्ने लगायतको सम्भावित कार्यसूची छ । प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ ।
त्यसअनुसार जेठ ६ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी
जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस् : राजेन्द्र लिङ्देन
संसद् बैठक अझै बस्न सकेन
प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक सर्यो
प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित