डब्लिन । आयरल्याण्डले पहिलो पटक पाकिस्तानलाई टी–२० अन्तर्राष्ट्रिय खेलमा पराजित गर्दै इतिहास रच्न सफल भएको छ । डब्लिनमा भएको तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा १८२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५७ रनको इनिङ्स खेले । इफ्तिखार अहमदले १५ बलमा अविजित ३७ रन बनाए । आयरल्याण्डका लागि क्रेग योङले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डको सुरुवात राम्रो हुन सकेन । टोलीले ४.१ ओभरमा २७ रनमा दुई विकेट गुमाएको थियो ।तर एन्डी बालबर्नीले ५५ बलमा ७७ रन बनाएर आयरल्याण्डलाई जितको नजिक पुर्याए । बालबर्नीको विकेट खसेपछि आयरल्याण्डको स्कोर १८.४ ओभरमा ५ विकेट गुमाएर १६७ रन थियो ।
आयरल्याण्डलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो। तर आयरल्याण्डले १ बल बाँकी रहँदा १८३ रनको लक्ष्य पुरा गरेको थियो । सिरिजको दोस्रो खेल १२ मेमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ बैशाख २०८१, १२ : ४१
लेखकबाट थप