काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । २०८१ जेठ ४ गतेदेखि २०८२ जेठ ४ गतेसम्म कूल ३६६ दिनका लागि राष्ट्र बैंकले २४ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने भएको हो ।
राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै बैंक कता वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको छ ।बैंकको सूचनाअनुसार कूल निक्षेपमध्ये वाणिज्य बैंकहरुका लागि १९ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि ३ करोड ६० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीका लागि १ करोड २० लाख रुपैयाँ छुट्ट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले वैशाख २४ गते बेलुका ७ बजेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।
तथापि, निक्षेप चाहने बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने बैंकले सर्त राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब झिक्दै
राष्ट्र बैंकले बजारबाट ३० अर्ब झिक्दै
राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै
४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
तरलता धेरै भएपछि ३० अर्ब खिच्दै राष्ट्र बैंक
एकलाई निलम्बनसहित १५ वित्तीय संस्थाका सिइओ कारवाहीमा