बलियो वेस्ट इन्डिजविरुद्ध नेपालले पायो २०५ रनको चुनौतीपूर्ण लक्ष्य

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १४ : ३२
बलियो वेस्ट इन्डिजविरुद्ध नेपालले पायो २०५ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं। नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ले टी–२० श्रृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाललाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको टेस्ट राष्ट्र वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २०५ रनको लक्ष्य दिएको हो ।

 

कीर्तिपुरको त्रिवि मैदानमा शनिवार जारी खेलमा वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए । अर्धशतकीय पारी खेलेका उनलाई दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन् ।दीपेन्द्रले अन्तिम ओभरमा ४ रन मात्रै दिएर १ विकेट लिए ।

पहिलो ओभरको अन्तिम बलमा कमलसिंह ऐरीले जोन्सन चाल्र्सलाई शून्यमा बोल्ड गरेका थिए । ३.३ ओभरमा एन्ड्रे फ्लेचर रनआउट भएका थिए । 

 

वेस्ट इन्डिजका लागि अलिक अथान्जे २५ बलमा ४७ रन बनाए । उनलाई ६.५ ओभरमा कप्तान रोहित पौडेलले ललित राजवंशीबाट क्याचआउट गराएका हुन् । 

१४.२ ओभरमा ३८ रन बनाएर खेलेका केसी कार्टीलाई अविनाश बोहराले​ दीपेन्द्रबाट क्याआउट गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस