राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, ११ : २५
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने

लण्डन । क्यान्सरको उपचारमा राम्रो नतिजा पाएपछि राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी सम्हाल्ने बेलायतको बकिङ्घम प्यालेसले बताएको छ ।

आधिकारिक जिम्मेवारीहरूको सन्दर्भमा भने राजा चार्ल्स अझै पूर्ण रूपमा पुनरागमन गर्ने छैनन् । तर बकिंघम प्यालेसले यस सम्बन्धमा सकारात्मक सङ्केत दिएको छ।

राजा चार्ल्सले अर्को मंगलबार क्यान्सर अस्पतालको प्रतीकात्मक भ्रमण गर्नेछन्। राजा चार्ल्सको ग्रीष्मकालीन योजनाहरूमा राजकीय भ्रमण समावेश छ, जसमा उनले जापानका सम्राट र रानीलाई स्वागत गर्नेछन्।

बकिङ्घम प्यालेसले राजा चार्ल्सले आगामी हप्ताहरूमा सार्वजनिक समारोहहरूमा बढी भाग लिने बताएको छ। राजा चार्ल्स फेरि सार्वजनिक कार्यक्रमहरूमा भाग लिन उत्साहित रहेको बताइएको छ।राजा चार्ल्स फेब्रुअरीदेखि क्यान्सरको उपचार गराइरहेका छन्। बकिङ्घम प्यालेसले यो उपचार कति समय सम्म चल्ने हो भन्न हतार हुने बताएको छ।

प्रतिक्रिया दिनुहोस